महिला लामो यात्रामा जाँदा नजिकको पुरुष साथी हुनु अनिवार्य

१२ पुस, एजेन्सी ।
अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मध्यम तथा लामो दूरीको यात्रामा महिलालाई एक्लै हिँड्ने अनुमति नहुने बताएको बताएको छ।

Advertisement

अलजाजिराका अनुसार यससँगै छोटो दूरीको यात्राबाहेक महिलालाई आफ्नो यात्राको क्रममा कुनै पनि नजिकको पुरुष आफन्त हुनु अनिवार्य भएको छ। आइतबार तालिबानले यो नियम घोषणा गर्दै पुरुष आफन्त नभए उनीहरुलाई यात्राको लागि यातायात सुविधा नदिइने बताएको हो।

तालिबानको नयाँ नियमअनुसार ७२ किलोमिटरभन्दा टाढाको यात्रामा महिलासँग पुरुष आफन्त हुनु जरुरी हुन्छ। त्यस्तै सवारी चालकहरुलाई पनि हिजाब नलगाएका महिलालाई नराख्न निर्देशन दिइएको छ।

Advertisement

मानवअधिकारवादी समूहले भने तालिबानको यो निर्णयको विरोध गर्दै आएका छन्। तालिबानले गाडीमा गीत बजाउनमा पनि रोक लगाएको छ। यसअघि नै तालिबानले टेलिभिजन च्यानलमा महिलाको अभिनय भएको सिरियल तथा नाटक नदेखाउन निर्देशन दिएको थियो।

त्यस्तै महिला पत्रकारलाई पनि हिजाब बिना टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्न नपाउने नियम ल्याइएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top