शेयर बजारबारे के छ प्रचण्डको प्रतिवेदनमा ?

१३ पुस, विराटनगर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा शेयर बजारको समेत टिप्पणी समेटेका छन् ।

Advertisement

प्रचण्डले छोटो समयमा अकुत सम्पत्ति कमाउन शेयर र जग्गामा लगानी हुने गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । पुँजीको लगानी उत्पादनको क्षेत्रमा हुनुपर्नेमा प्रतिवेदनमा जोड गरिएको छ । उत्पादनमूलक क्षेत्रमा लगानी भए रोजगारीका अवसहरु सिर्जना हुने भन्दै प्रचण्डले नाफा कम आउने र मिहिनेत समेत गर्न नपर्ने भएकाले उत्पादन क्षेत्रमा लगानी गर्न रुचि नदेखिएको बताएका छन् ।

‘वित्त क्षेत्रमा पुँजीको पलायन हुनुको मुख्यकारण पुँजीपतिको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो’ प्रतिवेदनमा उनले भनेका छन्, ‘उत्पादनको क्षेत्रमा लगानी गर्दा समय धेरै लामो लाग्ने, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा चाहिँ कम आउने कारणले नै पुँजीपतिहरूले अरुको सम्पत्ति छिट्टै हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई शेयर बजार, मुद्रा बजार, धितोपत्र खरिदबिक्री तथा घरजग्गा किनबेचमा गर्न थालेका हुन् ।’

Advertisement

यसबाट केही सीमित पुँजीपति वर्गले लाभ लिइरहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । पुँजीपति घरानाहरुले बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको समेत उनले उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘मुठ्ठीभर पुँजीपति घरानाहरूको हातमा पुँजीको अत्याधिक संकलन र वित्तीय एकाधिकारको पुँजीमार्फत नवऔपनिवेशिक शोषण, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीमार्फत विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास नव उदारवादी विचारधारा, व्यक्तिवाद र उपभोक्तावादमा प्रश्रय दिन विश्वलाई पुँजीवादी माल र मनोरन्जनको बजार बनाउनु यसको विशेषताको रुपमा रहेका छन् ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top