राम कार्कीको पूरक प्रतिवेदनः चीन घेर्ने अमेरिकी रणनीतिविरुद्ध चनाखो नभए नेपालको भविष्य नै खतरामा

१२ पुस ७८, मंगलबार

१३ पुस, विराटनगर ।
नेकपा माओवादी केन्द्रका नेता राम कार्की (पार्थ) ले जारी आठौँ महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि फरक मत (पूरक प्रस्ताव) पेश गरेका छन् ।

Advertisement

केही पुरक केही नवीन धारणाहरु शीर्षकमा नेता कार्कीले उक्त प्रस्ताव पेश गरेका हुन् । उनले क्रान्तिकारी कम्युनिष्टहरुले संसदको उपयोग गर्ने नाममा संसदवादमा भासिएको उल्लेख गरेका छन् ।

साथै आफ्नो पार्टीले केवल चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा मात्रै सीमित हुन नहुने उनको धारणा छ । उनले हाल मुलुकमा कायम गरिएको संघीयताविरुद्ध समेत टिप्पणी गरेका छन् । संघीयता जनतालाई पीडा प्रदान गर्ने ‘बुख्याँचा’ सावित हुने उनको टिप्पणी छ । जबकि उनकै पार्टीको अगुवाईमा संघीयता ल्याइएको थियो ।

Advertisement

साथै उनले पुँजीवादीहरूको सबभन्दा ठूलो सफलता प्रजातन्त्रमाथि उनीहरूको एकाधिकार कायम हुँदै जानु रहेको बताएका छन् ।

प्रजातन्त्रको राजनीतिक पक्षहरूप्रति कम्युनिष्टहरूको उपेक्षाले उनीहरूको स्वामित्व स्थापित हुन बल पुर्‍याएको भन्दै उनी लेख्छन्, ‘हामीले प्रजातन्त्रको राजनीतिक पक्षमाथि ध्यान दिनु भनेको प्रजातन्त्रको सामाजिक पक्ष अर्थात् रोजगारी, आवास, स्वच्छ पिउने पानी, सडक सञ्जाल, स्वास्थ्य, शिक्षा, आदिमाथि उत्पीडित वर्गको पहुँच र अधिकारसहितको प्रजातन्त्रलाई त्याग्नु होइन ।’

Advertisement

नेता कार्कीले पूरक प्रस्तावमा अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो, मूल बाटो, तत्काल गर्नुपर्ने काम र धारणाको पक्षमा थप आधार उपशीर्षकहरु दिएर आफ्नो विचार व्यक्त गरेका छन् ।

स्रोतका अनुसार कार्कीको यो प्रस्ताव तयारीसाथ नै आएको हो । गत आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा नै उनले आफ्नो प्रतिवेदन अध्यक्ष प्रचण्डलाई समेत दिएको उनी निकट स्रोतले जनाएको छ ।

सोमबार सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि नै कार्कीले पूरक प्रतिवेदन पेश गरेका हुन् । प्रचण्डको प्रतिवेदनमाथि आज समूहगत छलफल भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top