सोलुखोला जलविद्युत आयोजनामा दुई इन्जिनियरको मृत्यु भएपछि सरकारले बनायो छानबिन समिति

१२ पुस ७८, मंगलबार

१३ पुस, विराटनगर ।
सोलखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाट उत्पादन क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनामा दुई इन्जिनियरहरूको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा समिति गठन गरिएको हो । तीन सदस्यीय छानबिन समितिले यो घटनाको कारणसहितको प्रतिवेदन सरकारलाई बुझाउने छ ।

सोमबार आयोजनाको पेनस्टक पाइप परीक्षणका क्रममा उक्त पाइप फुटेर २ जना इन्जिनियरको ज्यान गएको थियो भने परियोजनाका व्यवस्थापक गम्भीर घाइते भएका थिए ।

आयोजनामा हाइड्रो मेकानिकलको काम गरिरहेको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछाममा २६ वर्षीय सुवासराज रेग्मी र कन्सल्ट्यान्ट इन्जिनियर काभ्रेका २९ वर्षीय अर्जुन थापाको ज्यान गएको हो ।

त्यस्तै परियोजनाका व्यवस्थापक मोमम्मद राइन गम्भीर घाइते भएका छन् । यो आयोजनाको प्रवर्द्धक कम्पनी साहस ऊर्जा हो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top