एक सातामा ११ प्रतिशत कोरोनाका नयाँ संक्रमित बढे

१४ पुस, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पछिल्लो एक सातामा विश्वभर कोभिड–१९ का नयाँ संक्रमितको संख्या ११ प्रतिशत बढेको बताएको छ।

Advertisement

बुधबार महामारीको अपडेट दिँदै डब्ल्यूएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमणको जोखिम अझै पनि उच्च रहेको बताएको हो। डब्ल्यूएचओका अनुसार केही मुलुकमा ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टमाथि हावी भइसकेको छ।

डब्ल्यूएचओका अनुसार ओमिक्रोन भेरियन्टसहितको नयाँ संक्रमितको संख्या २ देखि ३ दिनमा दोब्बर हुने गरेको पाइएको छ।
अमेरिका र बेलायतमा अहिले धेरैजसो मानिसमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।

Advertisement

केही युरोपेली मुलुकमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोनाका नयाँ संक्रमित भेटिएको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। यद्यपि दक्षिण अफ्रिकामा भने पछिल्लो एक सातामा कोरोनाका नयाँ संक्रमितको संख्या २९ प्रतिशतले घटेको छ।

दक्षिण अफ्रिकामा सबैभन्दा पहिला ओमिक्रोन भेरियन्टसहितको संक्रमित फेला परेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top