१४ पुस, एजेन्सी ।
अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।
ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो ।
डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि नै फुटबल खेल्न शुरु गरेका थिए । म्यारोडोना नेपोलीमा आबद्ध हुदा उनी एस्कोलीमा अनुबन्धित भएका थिए । मिडफिल्डर ह्युगोले व्यवसायिक खेल करिअरमा अपेक्षाकृत सफलता हात पार्न सकेको थिए ।
पछि उनी युवा फुटबल परियोजनामा केन्द्रित रहेका थिए । उनले अर्जेन्टिनाको उमेर समूह यु–१६ बाट ११ खेलमा चार गोल गरेका थिए । उनले प्युरटो रिकोलाई प्रशिक्षण दिएका थिए ।