×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

नवलपुरको कावासोतीमा अवरुद्ध राजमार्ग अझै सञ्चालमा आएन

१५ पौष, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा हिजो बिहानदेखि बन्द राजमार्ग अझै सञ्चालमा आउन सकेको छैन।

वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधवार बिहानदेखि बन्द भएको पूर्व–पश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो ।

Advertisement
Advertisement

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग बन्द भएको हो । बन्द भएको राजमार्ग ३० घण्टा बितिसक्दा समेत मर्मत हुन सकेको छैन।

हिलोका कारण गाडी फसेपछि झनै समस्या भएको छ । बन्द सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजेर हिलो भएको हुँदा निकै समस्या भइरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

नवलपुर क्षेत्रमा आज बिहानबाट वर्षा रोकिएकाले अब मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याइने उनको भनाइ छ । फेरि वर्षा भएमा भने गाडी सञ्चालनमा आउन अझै समय लाग्ने उनले बताए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ – बुटवल सडक खण्डमा सडक विस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक बन्द हुने गरेको छ। धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

कावासोतीमा सडक बन्द भएपछि साना गाडी तथा बसहरु कावासोतीदेखि दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठ्ठेपानी हुँदै आवतजावत गरिरहेका छन् । ठूला तथा मालवाहक गाडी सडकमै रोकिएका छन्। अहिले पनि कावासोती र प्रगतिनगर क्षेत्रमा गाडीको लामो लाइन लागेको छ ।

राजमार्ग विस्तारको क्रममा बनाइएका डाइभर्सनका कारणले वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरमा रहेको पूर्व–पश्चिम राजमार्ग बन्द भएको थियो ।

विभिन्न ठाउँमा बनाइएका डाइभर्सनमा सामान्य पानी पर्ने बित्तिकै क्षति पुग्ने, हिलो हुने र गाडी वारपार हुन नसक्दा मुख्य राजमार्ग नै घण्टौँ बन्द हुने गरेको छ ।

Advertisement

कम जनशक्ति परिचालन भएका कारण कल्भर्ट तथा पुल निर्माणको काम समयमा सम्पन्न हुन नसकेको स्थानीयको गुनासो छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top