×

NEPAL TIMES UPDATES

Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026
Playing
स्मार्ट लाइसेन्सको नयाँ युगः नक्कली लाइसेन्स सडकमै छुट्टिने || Nepal Times
May 07, 2026
Playing
लिपुलेक विवाद कसरी समाधान हुन् सक्छ ? यस्तो हुनसक्छ ’फर्मुला’|| Nepal Times
May 07, 2026
Playing
इरानको जस्तै भारतको एयर डिफेन्स ध्वस्त हुनसक्छ ? मोदीको चेतावनी|| Nepal Times
May 07, 2026
Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026

रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

१७ पुष २०७८

१७ पुस, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनविरुद्ध थप बल प्रयोग गरे नयाँ प्रतिबन्ध घोषणा गर्ने चेतावनी दिएका छन् ।

बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गर्दै बाइडेनले युक्रेनमाथिको सैन्य दबाब अन्त्य गर्न आग्रह गरेका ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले बताइन् ।

Advertisement
Advertisement

‘रुस–युक्रेनबीचको तनाव कम गर्न बाइडेनले आग्रह गर्नुभएको छ,’ साकीले भनिन्, ‘यदि रुसले युक्रेनमाथिको कारबाही जारी राखे अमेरिका र साझेदार मुलुकले निर्णायक रूपमै जवाफ दिने पनि उहाँले स्पष्ट पार्नुभएको छ ।’

युक्रेनी सीमामा हजारौंको संख्यामा रुसले सेना परिचालन गरी आक्रमणको तयारी गरेको भन्दै विगत केही सातायता रुस र युक्रेनबीच तनाव बढेको छ । मस्कोले भने बारम्बार उक्त आरोपको खण्डन गर्दै आएको छ ।

रुसले आफ्नो क्षेत्रभित्र सेनालाई स्थानान्तरण गरेको र उक्त विषय आफ्नो अधिकार क्षेत्रभित्रको रहेको पनि दाबी गरेको छ । रुसी सीमानानजिक नाटोको सैन्य गतिविधि बढेको र यसले मुलुकको सुरक्षालाई खतरामा पारेको उसको आरोप छ ।

रुसले पनि बाइडेनले चेतवानी दिएको पुष्टि गरेको छ । बाइडेनले आफ्ना रुसी समकक्षीलाई फोनवार्तामा युद्ध सुरु गर्न नहुने र यसबाट राम्रो परिणाम ननिक्लने बताएका पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले मस्कोमा पत्रकारहरूसँग बताए ।

जवाफमा पुटिनले रुसमाथि प्रतिबन्ध लगाए गम्भीर परिमाण भोग्नुपर्ने भन्दै अमेरिकालाई सचेत गराएका छन् । ‘यदि रुसमाथि त्यस्तो कदम चालिन्छ भने त्यो गम्भीर गल्ती हुनेछ, जसको परिणाम सुखद हुने छैन,’ पुटिनको भनाइ उद्धृत गर्दै उसाकोभले भने ।

उनले वार्ता निकै अर्थपूर्ण भएको र नयाँ वर्षपछि पनि निरन्तरता दिने सहमति भएको बताए । ‘सैद्धान्तिक रूपमा हामी वार्ताबाट सन्तुष्ट छौं, किनभने विषय र कुराकानी स्पष्ट, ठोस र विशिष्ट थियो । वार्ताको भावना रचनात्मक थियो,’ उनले भने ।

Advertisement
Advertisement

दुई समकक्षीबीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको संयुक्त राष्ट्रसंघले भने स्वागत गरेको छ । राष्ट्र संघ प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकसँग भनेकी छन्, ‘हामी सधैं सदस्य राष्ट्रहरू बीचको संवादलाई स्वागत गर्छौं ।’

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top