२०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी छौँः डा.टेडरोज

१७ पुस, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताएका छन् ।

Advertisement

कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ ।

डब्लुएचओ प्रमुख डा. गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिएका छन् ।

Advertisement

दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या २८ करोड पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top