पदमुक्तको चार महिनापछि शेरधन राईद्वारा सरकारी गाडी फिर्ता

पदमुक्तको चार महिनापछि शेरधन राईद्वारा सरकारी गाडी फिर्ता

१७ पुस, विराटनगर।
प्रदेश १ पूर्व मुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।

चार महिनासम्म पनि सरकारी गाडी फिर्ता नदिएको भन्दै उनको चर्को आलोचना भएको थियो ।  राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् ।

उनले काठमाडौँमा गाडी फिर्ता गरेको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे।  ‘गाडी लिन आउनुहोस् भनेर माननीयज्यूले फोन गर्नुभयो’, दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ।’ राईले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्दै आएका थिए।

राईकै कार्यकालमा काठमाडौँमा सम्पर्क कार्यालय खोलिएको थियो। सम्पर्क कार्यालय खोलिएको विषयमा चर्को विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.