१७ पुस, विराटनगर ।
नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय समितिमा मनोनित भएका छन् ।
सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल, कांग्रेस नेता प्रकाशमान सिंह, विजयकुमार गच्दारसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौडेल, सिंह, गच्छदारसँगै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
केही चुनावमा पराजित भएका र केही उम्मेद्वारी नदिएका नेतालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । कांग्रेस विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान अनुसार देउवाले शनिबार १० जनालाई मनोनित गरेका हुन् ।