सर्लाहीमा मोटरसाइकल दुर्घटनाः तीन जनाको मृत्यु

१७ पुस ७८, आइतबार

१८ पुस, सर्लाही ।
सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

Advertisement

प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा तीन जना सबार मोटरसाइकल दुर्घटना भएको हो ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति आफै अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल्ल लडेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

Advertisement

उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका १० दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको बुढाथोकीले बताए ।

तीनै जनाको घट्नास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा ल्याइएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top