दक्षिण अफ्रिकाको संसद भवनमा फेरि लाग्यो आगो

१९ पुस ७८, मंगलबार

२० पुस, एजेन्सी ।
दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लागेको छ ।

Advertisement

आइतबार लागेको आगो निभाएको केही घण्टापछि फेरि आगलागी भएको बीबीसीले जनाएको छ । सोमबार भवनको छतमा आगोको लप्का देखिएको थियो । अग्नि नियन्त्रकहरुले दमकलको सहायतामा आगो निभाएका छन् ।

सबैभन्दा पहिले आइतबार लागेको आगोले नेश्नल एसेम्बली अर्थात् तल्लो सदन जलेर क्षतिग्रस्त भएको थियो । आगलागीमा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । उनीमाथि आगजनी, चोरी र तोडफोडको मुद्दा चलाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top