कोइरालाले देउवासँग मागे केन्द्रीय सदस्य मनोनितको मापदण्ड

२० पुस ७८, बुधबार

२१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ? सो कुरा जान्न चाहेको भनि सभापति देउवालाई प्रश्न गरेका हुन् ।

उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताए ।

पार्टीमा व्यक्तिको छनौट भए दुर्घटना हुन्छ

उनले पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिनसक्ने चेतावनी समेत दिए । उनले भने – ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ ।

नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ ।

नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनि प्रश्न उठ्न सक्छ । सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ भन्ने मलाइ लाग्छ ।’

निर्वाचनहरु असहज हुने संकेत

उनले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताए । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उनको भनाई छ ।

उनले भने – ‘हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ । अहिले पार्टी संगठन भित्र कुटुता, विभाजन र असहयोगी भावना हामी कसैमा आउनु हुँदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ ।

हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडी बढोस् भन्ने चाहन्छौँ । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ ।

पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडीका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रक्रियाले पार्टीमा उर्जाको सञ्चार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।’

तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने

नेता कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताए । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने उनले बताए । पार्टीलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको विचमा जाने पनि उनले उल्लेख गरे ।

उनले भने – ‘अब आउने तिनवटा निर्वाचन हामीहरुको सम्मुख छ । नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौ भन्नेकुरा पनि तपाईहरुको माझमा म भन्न चाहान्छु । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौँ ।

कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ ।’ उनले आफ्नो समुह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसकेपनि पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताए ।

काठमाडौंस्थित होटल बसेरामा नेता कोइराला पक्षका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समिक्षा गर्नुका साथै आगामी कार्यदिशाको सम्बन्धमा छलफल हुने नेता कोइरालाले जानकारी दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top