सरकारले बढायो उखुको मूल्य

२१ पुस ७८, बिहीबार

२२ पुस, विराटनगर ।
सरकारले उखुको मूल्य बढाएको छ।

Advertisement

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि मन्त्रालयले पेस गरेको मूल्य मन्त्रिपरिषदले अनुमोदन गरेको हो।

यसपालिको मूल्य गत वर्षभन्दा करिब ४६ रुपैयाँ बढी हो। सरकारले गत आर्थिक वर्ष २०७७–७८ का लागि उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो।

Advertisement

तर यसपटक किसानले उखुको मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए। निर्धारित समर्थन मूल्य ५९० रुपैयाँमध्ये किसानलाई उद्योगीले ५२० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top