ओलीलाई फकाउन देउवा बालकोट जाने

२१ पुस ७८, बिहीबार

२२ पुस, काठमाडौं ।
संसदमा लामो समयदेखि जारी अवरोध हटाउने पहलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट जाने भएका छन्।

बिहीबार भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध हटाउनका लागि अध्यक्ष ओलीलाई भेट्न सत्ताधारी नेताहरुले देउवालाई सुझाव दिएका हुन्। राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले देउवालाई बालकोट गएर संसदमा एमालेको अवरोध हटाउन पहलका लागि कुरा गर्न आग्रह गरिएको बताइन्।

बुधबार बालकोटमा भएको भेटबारे कांग्रेस नेता रामचन्द्र पौडेलले ब्रिफिङ गरेपछि देउवा बालकोट जान तयार भएका हुन्। मैले चाहिँ यसरी संसदमा अवरोध राखेर हुँदैन। तपाईंहरुलाई पनि राम्रो हुँदैन, लोकतन्त्रलाई पनि राम्रो हुँदैन भनेँ, बालकोट भेटबारे पौडेलले बैठकमा भनेका थिए, अवरोध खुलाउनका लागि हामीले के गर्नुपर्छरु बरु त्यसो गर्न तयार छौँ। अवरोध खुलाएर जाऊँ।

तर आफूसँगको भेटमा ओलीले पुरानै अडान राखेको पनि पौडेलले बताएका छन्। यता बैठकमा सहभागी जनमोर्चा उपाध्यक्ष पौडेलले सर्वदलीय बैठकमा एमालेलाई उपस्थित हुन सहमत गराउने जिम्मा पनि देउवालाई दिइएको बताइन्।

‘सकेसम्म आज भोलि नै प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुहुन्, उनले भनिन्, ओलीलाई भेट्न निवासमै जान आफू तयार रहेको देउवाले बैठकमा बताउनुभएको छ।’

बुधबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि ओलीलाई भेटेर संसदको अवरोध अन्त्य गर्न आग्रह गरेका थिए। सरकारको उच्चस्तरीय समिति संयोजक पौडेलले देउवाको सन्देश पनि पुर्‍याउँदै संसदमा देखिएको गतिरोध हटाउन भनेका थिए।

पौडेलले आफू बालकोट गएको बताउँदै संसदमा देखिएको गतिरोध हटाउन आग्रह गरेको बताएका छन्। यसअघि ओलीले संसदमा देखिएको अवरोधबारे प्रधानमन्त्रीसँगै छलफल हुने बताएका थिए। त्यहीकारण देउवा बालकोट जान लागेका हुन्।

यसअघि सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई फकाउन आफूहरु बालकोट जान तयार रहेको बताएका थिए। एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको पद खारेज नगरेसम्म संसदको अवरोध जारी रहने अडानमा एमाले रहेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top