भारतमा एकैदिन १ लाख ४१ हजारभन्दा धेरै संक्रमित

Share this
739shares

२४ पुस, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Advertisement

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो २४ घण्टाको तुलनामा भारतमा नयाँ संक्रमितको संख्या २१ प्रतिशतले बढेको हो।

त्यस्तै भारतमा कोरोनाको संक्रमणदर पनि ९.२८ प्रतिशत पुगेको छ। २४ घण्टामा २८५ जनाको मृत्यु भएको छ भने ४० हजारभन्दा धेरै मानिस संक्रमणमुक्त पनि भएका छन्। भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ४ लाख ७२ हजार नाघेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ४० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने पश्चिम बंगालमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ। त्यस्तै दिल्लीमा १७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top