प्रधानमन्त्री देउवा बालकोटमा

Share this
717shares

२४ पुस, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न ओलीकै निवास (बालकोट) पुगेका छन्।

Advertisement

प्रधानमन्त्री देउवा केही बेरअघि ओली निवास पुगेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउन आग्रह गर्ने बताइएको छ। ​

गत मंगलबार गठबन्धनको उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीसँग भेटवार्ताका गरेका थिए।

Advertisement

बुधबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको समन्वय समितिको बैठकमा पौडेलले संसदको गतिरोध अन्त्यका लागि ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवालाई सल्लाह दिएको बताएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top