किसान आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहाई गरः राजेन्द्र महतो

२३ पुस ७८, शनिबार

२४ पुस, विराटनगर ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले किसान आन्दोलनमाथि सरकारले दमन गरेको भन्दै भर्त्सना गरेका छन्।

Advertisement

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले वार्ता संवादमार्फत किसानहरुको माग पूरा गर्न सरकारसँग अनुरोध गरेका छन्। विगत दुई सातादेखि मलखाद, बिउबिजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राखेर तराईमा किसान आन्दोलित बनेका छन्।

महतोले किसानको जारी आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन्। किसानलाई सडकमा उत्रिन बाध्य भएकोकाले मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गर्न आह्वान गरेका छन्।

Advertisement

‘किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्षोंदेखिको समस्याहरु लिएर चिसो मौसममा किसानहरु सडकमा उत्रिन बाध्य भएकोमा किसानहरुको मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गर्दछु ।

आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था नेपाल सरकारलाई गर्न आग्रह गर्दछु ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top