×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

४ माघ, हुम्ला । देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ ।

हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो ।

सोमवारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।

उनले सिमकोटबाट बाहिरिने र भित्रने सबै यात्रुको तीनपुस्ते विवरण लिने र स्वास्थ्य जाँच गर्ने काम सुरु भएको बताए । त्यसका लागि दुई स्वास्थ्यकर्मी खटाइएको छ ।

अब चाँडै पैदलमार्गबाट जिल्ला भित्रने दुईवटा नाका चङ्खेली गाउँपालिका–१ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top