आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य

७ माघ, विराटनगर ।
आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्नदेखि सार्वजनिक सेवा दिन खोप कार्ड अनिवार्य भएको छ।

Advertisement

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो। सरकारले खोप कार्ड नभए त्यसको फोटो भए पनि बोक्नुपर्ने निर्णय गरेको छ। देशभर कोरोना संक्रमितहरुको संख्या तीव्र बढेपछि काठमाडौँ उपत्यकामा शुक्रबार रातिदेखि लागू हुने गरी नयाँ आदेश जारी गरिएको छ।

तीनै जिल्लाका प्रजिअहरुले जारी गरेको आदेशअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ। जसअनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधनमात्रै चलाउन पाइनेछ।

Advertisement

जोरबिजोर प्रणाली सार्वजनिक यातायात, निजी सवारीसाधन र दुई पांग्रे सवारीसाधनमा समेत लागू हुनेछ। सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको आदेशमा उल्लेख छ।

आदेशअनुसार स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुनेछैन।

Advertisement

आदेशमा सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्न भनिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top