सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बस्दै

सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बस्दै

७ माघ, काठमाडौं ।
सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा आगामी बैशाखमा कुन चुनाव गर्ने भन्ने विषयमा छलफल हुने छ । सत्ता गठबन्धनमा बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कि संघीय संसदको निर्वाचन गर्ने भन्ने विवाद बढेको छ ।

यही विवादका कारण हिजो बस्ने भनिएको समन्वय समितिको वैठक अन्तिम घडीमा रद्द गरिएको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएपछि गठबन्धनको बैठक आज गर्ने तय गरिएको हो ।

प्रधानमन्त्री देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने दाहाल र नेपाल संघीय संसदको चुनाव गर्नुपर्ने पक्षमा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.