भारतमा एकैदिन थपिए ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित

६ माघ ७८, शुक्रबार

७ माघ, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३ लाख ४७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

Advertisement

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टाको तुलनामा नयाँ संक्रमितको संख्या झण्डै ३० हजारले बढेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि ७०३ पुगेको छ।

यससँगै भारतमा कोरोना सक्रिय संक्रमितको संख्या २० लाख नाघेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।

Advertisement

अहिलेसम्म भारतमा नौ हजार ६९२ संक्रमितमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण पुष्टि भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top