×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

अवकाश रकममा ५ प्रतिशतमात्रै कर लगाउन र बढी लिएको भए फिर्ता गर्न सर्वोच्चको आदेश

१३ माघ, काठमाडौँ । सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरुलाई विभिन्न सुविधाहरु दिँदा १५ प्रतिशत नभई ५ प्रतिशतमात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ ।

आयकर ऐन २०५८ को दफा ८८ मा दुईथरी व्यवस्था भएकोमा स्विकृती लिएको अवकाश कोषबाट सुविधा पाउने कर्मचारीहरुले ५ प्रतिशत मात्रै तिर्नुपर्ने भनी व्याख्या गरेको हो । कानून बमोजिम लाग्नेभन्दा बढी कट्टा गरेको रकम फिर्ता दिन पनि सर्वोच्चले आदेश दिएको छ ।

Advertisement
Advertisement

राष्ट्रिय वाणिज्य बैंकले अवकाश भएर जाने कर्मचारीहरुलाई सुविधाबापतको रकम भुक्तानी गर्दा ५ प्रतिशत कर काट्ने गरेको थियो । २०६५ सालमा भने त्यो करको दायरा बढाई १५ प्रतिशत पु¥याएपछि केही कर्मचारी र कर्मचारीको संगठन समेत त्यसका विरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतले व्याख्याका क्रममा आयकर ऐनको दफा ८८ को प्रतिवन्धात्मक वाक्यांश लागू हुने भन्दै ५ प्रतिशतभन्दा बढी कर लिन नपाउने भनी व्याख्या गरेको हो ।

उक्त उपदफामा ‘नेपाल सरकारबाट भएको अवकाश भुक्तानी वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा (१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा पाँच प्रतिशतका दरले’ कर कट्टा हुने भन्ने व्यवस्था थियो ।

कानूनमा भएको अपवादात्मक वा विशेष व्यवस्थालाई विधायिकाको अन्तिम आशय मानिने भन्दै सर्वोच्च अदालतले कुनै कानूनमा एकै विषयमा सामान्य र विशेष दुई फरक प्रावधान देखिएमा विशेष कानूनी व्यवस्था मान्य हुने भनी व्याख्या गरेको हो ।

सर्वोच्च अदालतले त्यसक्रममा आयकर ऐन २०५८ को दफा ६५ मा रहेको अवकाश भुक्तानी सम्बन्धी व्यवस्थाको व्याख्या गरेको हो ।

अवकाश रकम भुक्तानीका क्रममा दुई खालको व्यवस्था छ । स्वीकृत अवकाश कोषबाट भुक्तानी भए एकथरी व्यवस्था छ भने स्विकृत विनाको अवकाश कोषबाट हुने भुक्तानीमा अर्कोथरी व्यवस्था छ ।

स्विकृत अवकाश कोषबाट योगदानमा आधारित भए वा सरकारबाट भुक्तान भएमा भुक्तान हुने कुल रकम वा ५ लाखमध्ये जुन बढी हुन्छ, त्यो घटाएर बाँकीको हकमा कर प्रयोजनका लागि आयमा गणना हुनुपर्ने भनेको छ । अनि स्विकृत नभएको अवकाश कोषबाट भुक्तानी हुँदा अर्को व्यवस्था छ । ऐनको उपदफा २ मा भनिएको छ, ‘बासिन्दा व्यक्तिबाट रकम भुक्तानी गरिएकोमा अन्तिम रूपमा हुने कर कट्टीको रूपमा सो हिताधिकारी उपर सो रकममा कर लाग्नेछ ।’

नेपालको संविधानको धारा ११५ मा कसैलाई पनि कानून बमोजिम बाहेक कर नलगाइने सुनिश्चितता गरेको भन्दै सर्वोच्च अदालतले व्यक्तिले आफ्नो सम्पत्ति, कारोबार र आयमा मात्र राज्यलाई कर तिर्नुपर्ने भनी औंल्याएको हो ।

फैसलामा भनिएको छ, ‘राज्य सञ्चालनका लागि स्रोतको आवश्यक पर्ने र स्रोत व्यवस्थापन गर्ने नाउँमा राज्यका निकायहरुले कुनै कानूनी अख्तियारी बिना पनि कर उठाउन सक्ने सम्भावना रहने भएकाले त्यसरी कानूनको अख्तियारी बिना कर लगाउन नसकियोस् भनी लोकतान्त्रिक राज्य प्रणालीमा जनप्रतिनिधिमूलक निकायले बनाई लागू गरेको कानूनका आधारमा मात्र कर लगाउन सकिने मान्यतालाई अवलम्वन गरिएको हुन्छ ।’

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले २१ मंसिर २०७८ मा वाणिज्य बैंकका कर्मचारीहरुले योगदानमा आधारित अवकाश कोषबाट भुक्तानी लिन लागेकाले पाँच प्रतिशत मात्रै कर तिर्नुपर्ने भनी व्याख्या गरेको हो । त्योभन्दा बढी गणना गरी लिइएको कर मान्य नहुने भन्दै हिसाव गरेर कर्मचारीहरुलाई भुक्तानी गर्न आदेश दिएको हो ।

Advertisement

फैसलामा भनिएको छ, ‘कानूनले निर्धारण गरेको पाँच प्रतिशत करबाहेक अन्य थप रकम कट्टा नगर्नू र निवेदकहरुबाट कानून बमोजिम लाग्ने भन्दा थप १० प्रतिशत कट्टा गरेको रकम निवेदकहरुलाई फिर्ता दिनू ।’

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top