१५ माघ, एजेन्सी ।
अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आरोप लगाएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गरेका थिए । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम रहेको समेत प्रतिक्रिया दिएको छ ।
अमेरिकाले आफ्नो प्रमुख माग अस्वीकार गरेकाले तनाव समाधानको सम्भावना निकै कम भएको रुसको भनाइ छ । रुसले सैन्य गठबन्धन नाटोमा युक्रेन समावेश हुन नहुने माग गरेको छ । तर अमेरिकाले भने यो माग अस्वीकार गरेको छ ।