विद्यार्थीमाथि सांघातिक आक्रमण गर्ने सगरमाथा र विराट गोर्खा सेक्युरिटी कम्पनीलाई कारबाही गर्न मोरंग प्रशासनको पत्र

१४ माघ ७८, शनिबार

१५ माघ, विराटनगर ।

नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा एम.बी.बी.एस मा भर्ना भएका विद्यार्थीहरुको शुल्कका विषयमा आन्दोलनरत विद्यार्थी संगठनसंग भएको सहमतिअनुसारको कारबाही प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय मोरंगले सम्बन्धित मन्त्रालयलाई सिफारिस गरेको छ ।

२०७८ माघ ७ गते प्रमुख जिल्ला अधिकारी काशी राज दाहालको संयोजकत्वमा आन्दोलनरत विद्यार्थीहरुसंग वार्ता भएको थियो । तत्पश्चात विद्यार्थीहरुले आन्दोलन फिर्ता लिएका थिए ।

उक्त वार्तामा कलेजले लिएका अतिरिक्त शुल्क फिर्ता गर्ने, स्वेच्छिक होस्टल हुने तथा आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको आक्रमणका दोषिलाई कारबाही गरिने विषयमा विद्यार्थी संगठन र समितिको बीचमा सहमति भएकोे थियो ।

विद्यार्थीहरुले शान्तीपुर्ण आन्दोलन गर्दा सगरमाथा र विराट गोर्खा सेक्युरिटीका सुरक्षाकर्मीले उनीहरुमाथि बल प्रयोग गरेका थिए । सुरक्षाकर्मीहरुले आन्दोलनरत विद्यार्थीमाथि लठ्ठी प्रहार गर्दा विद्यार्थीहरु घाइते भएका थिए ।

शान्तीपूर्ण आन्दोलन गर्दा यसरी विद्यार्थीहरुमाथि अनधिकृत रुपमा लठ्ठी प्रयोग गरि सांघातिक आक्रमण भएको र सो कार्य कानून विपरित भएकाले उक्त कम्पनीलाई आवस्यक कार्यवाहीका गर्न जिल्ला प्रशासन कार्यालयले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयलाई पत्र पठाएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top