अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

Share this
767shares

१९ माघ, बीबीसी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन्।

Advertisement

युक्रेन सङ्कट बढिरहेका बेला कैयौँ साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु भएको बताए। यद्यपि उनले वार्ताको सम्भावनालाई नकारेका छैनन्।

पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको बताएका छन्। रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ।

Advertisement

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको पश्चिमी आरोपलाई अस्वीकार गरिरहेको छ।

पुटिनले अमेरिकाबारे के भने?

Advertisement

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गर्छन्। मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि बोल्दै पुटिनले भने, मलाई लाग्छ संयुक्त राज्य अमेरिका युक्रेनको सुरक्षाबारे धेरै चिन्तित छैन.. तर यसको मुख्य काम रुसको विकासलाई रोक्नु हो। युक्रेन त्यो अमेरिकी लक्ष्यमा पुग्नको लागि एउटा मोहोरा मात्र हो भन्ने देखिन्छ।

विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको प्रतिद्वन्द्व शीतयुद्ध काल देखिको हो। युक्रेन त्यतिबेला कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो। पुटिनले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुनेगरी सुरक्षा सुनिश्चितता गर्न रुसले गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको बताए।

उनले युक्रेनको नेटोमा सामेल हुने इच्छा स्वीकार गरिएमा त्यसले अन्य सदस्यहरू राष्ट्रहरूलाई पनि रुससँग युद्धमा तान्न सक्ने चेतावनी दिए। उनले भने, कल्पना गर्नुहोस्– युक्रेन नेटोको सदस्य भयो र क्राइमिया पुनः प्राप्त गर्ने सैन्य अभियान सुरु गर्‍यो भने? के हामी नेटोसँग लड्न जाँदैछौँ? कसैले यसबारे सोचेको छ? यस्तो देखिन्छ उनीहरूले त त्यो सोचेकै छैनन्।

युक्रेनका राष्ट्रपति पनि बोले

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्नो देशमाथि हुने कुनै पनि रुसी आक्रमणले युरोपमा पूर्ण मात्राको युद्ध निम्त्याउने चेतावनी दिएका छन्।

उनले त्यस्तो भएमा त्यो निकै दुःखद् हुने बताए। जेलेन्स्कीले युद्ध नचाहेको देखाउने रुसको एकमात्र तरिका भनेको युक्रेनको सिमानाबाट आफ्ना सेना फिर्ता गर्नु भएको बताए। उनले अहिले आफ्नो देश भ्रमणमा आएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको स्वागत गरिरहेका छन्।

जोनसनले रुसी आक्रमणलाई दृढ युक्रेनी सेनाले सामना गर्ने बताइसकेका छन्। उनले त्यो धेरै उग्र र रक्तपातपूर्ण प्रतिरोध हुने चेतानवी पनि दिएका थिए। यसअघि जेलेन्स्कीले युक्रेनको सशस्त्र सेनाको आकार अर्को तीन वर्षमा एक लाखले वृद्धि गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top