यू-१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै

यू-१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै

१९ माघ, एजेन्सी । १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । खेल बेलुका पौने ७ बजे वेष्ट इन्डिजको मैदानमा हुनेछ ।

क्वाटरफाइनलमा भारतले बंगलादेशलाई र अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । आजको विजेता टोलीले शनिबार हुने फाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

हिजो भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ । इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हरायो ।

डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रन बनायो ।

हारपछि अफगानिस्तान पहिलो पटक फाइनलमा पुग्नबाट बञ्चित भयो । अहिलेसम्म भारतले सर्वाधिक ४ पटक र अस्ट्रेलियाले तीन पटक १९ वर्षमुनिको विश्वकप जितेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.