त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

१९ माघ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ ।

यसअघि त्रिविले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.