सिंहदरबारमा सर्वदलीय बैठक जारी, एमालेबाहेक सबै दल सहभागी

सिंहदरबारमा सर्वदलीय बैठक जारी, एमालेबाहेक सबै दल सहभागी

२ फागुन, काठमाडौं ।
प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरू भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । नेकपा एमालेले विभाजनमा सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले उनको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।

सभामुखले बोलाएका बैठक एमालेले यसअघि पनि बहिष्कार गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.