च्याम्पियन्स लिगः लिभरपुलले इन्टर मिलानलाई हराउँदा बार्यन र साल्जबर्ग बराबरीमा रोकिए

च्याम्पियन्स लिगः लिभरपुलले इन्टर मिलानलाई हराउँदा बार्यन र साल्जबर्ग बराबरीमा रोकिए

५ फागुन, एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटर फाइनलको पहिलो लेगमा इङ्ग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ ।

इन्टर मिलान घरेलु मैदान मिलानोमा २–० गोलले पराजित भयो । लिभरपुलले दुई वटै गोल खेलको दोस्रो हाफमा गरेको हो ।

उसका रोबर्टो फिर्मिनोले खेलको ७५औँ मिनेटमा र मोहम्मद सलाहले ८३औँ मिनेटमा गोल गरे । जितसँगै लिभरपुलको क्वाटर फाइनल यात्रा सहज भएको छ ।

लिभरपुल र इन्टर मिलान सन् २००८ पछि पहिलो पटक र समग्रमा पाँचौँ पटक खेलेका हुन् ।

यस्तै यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटर फाइनलको पहिलो लेगमा जर्मन क्लब बार्यन म्युनिख र अष्ट्रियन क्लब साल्जबर्गले बराबरी खेलेका छन् । बार्यन र साल्जबर्गले एक÷एक गोलको बराबरी खेलेका हुन्।

घरेलु मैदानमा आज बिहान भएको खेलमा साल्जबर्गले खेलको पहिलो हाफमा बनाएको अग्रता जोगाउन सकेन । खेलको ९०औँ मिनेटमा किङ्ग्सले कोमानले गोल गरी बार्यनलाई हारबाट जोगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.