एमसीसी सकसः सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

५ फागुन ७८, शुक्रबार

६ फागुन, काठमाडौं ।

Advertisement

अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

बैठक बिना निष्कर्ष सकिएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले पुनः पर्सि ८ गते बस्नेगरी बैठक केही बेरअघि सकिएको जानकारी दिइन्।

Advertisement

बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, सञ्चारमन्त्री ज्ञानेद्र कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल, जनता समाजवादीका अशोक राई लगायतका नेताहरु सहभागी रहेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top