विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै

६ फागुन ७८, शनिबार

७ फागुन, विराटनगर ।
नेपालले शनिबार आईसीसी ट्वेन्टी–ट्वेन्टी क्रिकेट ग्लोबल क्वालिफायर छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ।

Advertisement

खेल ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ। विश्वकप क्वालिफायर ए अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो।

शुक्रबार नै फिलिपिन्स क्यानडासँग ११८ रनले पराजित भएको थियो। ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा राखेर प्रतियोगिता भइरहेको हो। समूह ‘ए’ मा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top