गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई दिनका लागि संसद बैठक स्थगित

गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई दिनका लागि संसद बैठक स्थगित

१३ फागुन, काठमाडौँ । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.