युक्रेनको किभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने

१९ फागुन, एजेन्सी । रुसी सुरक्षकर्मीले युक्रेनको राजधानी किभका नागरिकलाई त्यहाँबाट बाहिरिन भनेको छ । किभबाट बाहिरिनेहरुलाई रुसी सुरक्षाफौजले कुनै अवरोध नगर्ने रुसी रक्षा मन्त्रालयले जनाएको हो ।

Advertisement

मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले किभबाट भासिल्किभ जान चहनेहरुका लागि कुनै अवरोध नगर्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसले किभलाई खाली गराउन चाहेको छ । किभका नागरिकले रुसी सैनिकलाई रोक्ने प्रयास गरिरहेका छन् ।

Advertisement

यसैबीच, युक्रेनको बन्दरगाह नगर खेअरसनलाई नियन्त्रणमा लिइएको छ । रुसी फौजको नियन्त्रणमा गएको युक्रेनको यो महत्त्वपूर्ण सहर हो ।

त्यहाँ सुस्त गतिमा कार गुडाउन अनुमति दिइएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न भनिएको खबरमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top