पोखरामा हाँस र कुखुरामा बर्ड फ्लु पुष्टि, फागुन २७ सम्म पक्षीजन्य पदार्थ ओसारपसारमा रोक

१९ फागुन, कास्की । पोखरामा हाँस र कुखुरामा बर्ड फ्लु रोग भेटिएको छ । पोखरा महानगरपालिका–१५ र १७ का घरपालुवा कुखुरा र हाँसमा बर्ड फ्लुको सङ्क्रमण भेटिएको हो ।

ती वडामा खटिएको प्रविधियुक्त टोलीले २०० भन्दाबढी सङ्ख्यामा कुखुरा, हाँस र बट्टाईसहित प्रयोग हुने दाना, सुलीलगायतका पक्षी र पक्षीजन्य पदार्थ नष्ट गरिएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति कास्कीका सञ्चार अधिकृत डा ग्रीष्म न्यौपानेले जानकारी दिए ।

उनले भने, ’यो क्षेत्रमा व्यावसायिक फार्म नभए पनि खुला जग्गा र घरको छतमा राखेर पाल्ने सङ्ख्या सोचेभन्दा बढी भेटिएको छ ।’ दुवै ठाउँमा हिजोदेखि फागुन २७ गतेसम्म पक्षी र पक्षीजन्य पदार्थको ओसारपसारमा समेत रोक लगाइएको उनको भनाइ छ ।

पोखरा–१५ सीताराम पुल नजिक सिद्धिमार्ग अलस्कापुर टोलका खुशीमान गुरुङ र पोखरा–१७ घारीपाटन हिमाल दूध डेरी नजिक खेमबहादुर क्षेत्रीले पालेको स्थानीय जातका कुखुरामा बर्डफ्लु भाइरस देखिएको बताइएको छ ।

स्थानीयवासी खुशीमान र खेमबहादुरले घरमा पालेका कुखुरा र हाँस धमाधम मर्न थालेपछि जिल्ला प्रयोगशालामा ल्याएर आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएसँगै थप परीक्षणका लागि काठमाण्डौ पठाइएकामा एकैदिन फागुन १५ गते दुवै ठाउँमा सङ्क्रमण पुष्टि भएको हो ।

सञ्चार अधिकृत न्यौपानेले भने, ’सङ्क्रमण देखिएको ठाउँलाई इपिसेन्टर मानेर चार किल्ला निर्धारण गरिएको छ ।’ स्थानीय जनप्रतिनिधिको रोहवरमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्राविधिक, प्रहरीसहितको टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट गर्ने अभियान सञ्चालन गरेको हो । हिजो नष्ट गरिएका पक्षी र सङ्कलन गरिएको पक्षीजन्य पदार्थलाई पोखराको ल्याण्डफिल्ड नजिकै खाली जग्गामा लगेर व्यवस्थित गर्ने तयारी भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top