एशियाडको २९ खेलमा नेपालको प्रतिस्पर्धा

काठमाडौँ, साउन ३१
एशियाली खेलकूद (एशियाड) को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ ।आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले उक्त खेलकूदमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे एक गरी कुल २८५ जनाको सहभागिता रहने जानकारी दिए ।“साधान र स्रोेतले भ्याएसम्म हामीले खेलाडीलाई अधिकतम सुविधा प्रदान गरेका छौँ, खेलाडीको प्रशिक्षणमा सङ्घबाट आएको प्रस्तावलाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौँ, पदकको सम्भावना र नेपालमै हुने १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० को तयारीलाई समेत मध्यनजर गरी एशियाली खेलकूदमा अहिलेसम्मकै सर्वाधिक खेलमा खेलाडी सहभागी गराएका हौँ,” उनले भने ।

नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जकार्ता र बाँकी छ खेल पालेम्वाङमा हुनेछन् । नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल (थ्री अन थ्री), ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोट्र्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।

Advertisement

एशियाडमा नेपालले सहभागिता जनाउन लागेको हालसम्मकै सर्वाधिक २९ खेलमध्ये १९ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा रहेको उनले बताए । तयारी लामो र राम्रो भएकाले नतिजा पनि राम्रो आउने उनको विश्वास छ ।एशियाडको तयारी र सहभागिताका लागि रु सात करोड बजेट लाग्ने अनुमान गरिएकोमा सरकारले यसका लागि रु पाँच करोड उपलब्ध गराएको हो ।

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ । नेपालले १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र १९६२ मा इण्डोनेशियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन ।नेपालले हालसम्म तेक्वान्दोबाट एक रजत र १३ कास्य, बक्सिङबाट छ कास्य तथा करातेबाट तीन कास्य जितेको छ । १९८६ को सिओल एशियाडमा नेपालले पहिलो पटक पदक प्राप्त गरेको थियो ।

Advertisement

एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने एशियाडमा नेपालसहित एशियाका ४५ देशको सहभागिता रहने जनाएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top