एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

२२ फागुन, विराटनगर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ । सामान्यतया हरेक दुई÷दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ ।

जसबाट उपकरणहरुले काम गरिरहेको वा नगरेको निश्चित हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई सुरक्षा सुदृढीकरणका लागि यस्तो परीक्षण हुने गर्छ । विमानस्थल कार्यालयले ११ बजेबाट १ बजेसम्म ‘नोटाम नोटिस’ जारी गरेको छ ।

जसका कारण यो अवधिमा विराटनगर विमानस्थलमा निर्धारित उडानहरु प्रभावित हुने भएका छन् । यो जहाजबाट त्रिभुवन विमानस्थल र ठूला आन्तरिक विमानस्थलमा परीक्षण भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.