लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो फेरि फैलिन थाल्यो

लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो फेरि फैलिन थाल्यो

२४ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो फेरि फैलिन सुरु भएको छ ।

गएराति आफैँ नियन्त्रणमा आएको आगो हावाका कारण अहिले फेरि फैलिन सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिए ।

उनका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ नाक्चुङमा रहेको हरियाली सामुदायिक वनमा आइतवार बेलुकादेखि सुरु भएको डढेलो शीतका कारण सोमवार राति आफैँ नियन्त्रणमा आएको थियो ।

तीव्र गतिको हावाको वेगका कारण स्थानीयवासी, प्रहरीसहित फायर फाइटिङ हेलिकप्टरले निभाउन नसकेको आगोे राति शीतका कारण आफैँ नियन्त्रणमा आएको थियो । तर हावा लाग्न सुरु भएसँगै नाकचुङ गाउँबाट पुनः आगो फैलिन सुरु भएको स्थानीयले बताएका छन् ।

आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमवार बिहान झण्डै १ घण्टा विमानस्थल नै बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायतका प्रजातिका बोटबिरुवाहरु नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीको कारण पत्ता लाग्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.