मोरङको रंगेली नगर प्रमुख दिलिप अग्रवाल माओवादी केन्द्रबाट निष्कासित

मोरङको रंगेली नगर प्रमुख दिलिप अग्रवाल माओवादी केन्द्रबाट निष्कासित

२४ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ ।

नेकपा एमाले प्रवेश गर्ने तयारी गरेपछि अग्रवाललाई मोओवादी केन्द्रले निष्कासन गरेको जनाएको छ ।

उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली आउँदैछन् ।

माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।

उनलाई पालिका प्रमुखको पदबाट पनि निष्कासन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको नेम्वाङले जानकारी दिए ।

उनी माओवादी केन्द्रबाट मोरङमा स्थानीय तहको निर्वाचन जित्ने एक्लो पालिका प्रमुख हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेयता नै उनी एमालेसँग नजिकिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.