रूसमा बनेका पोल्याण्डका युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट पछि हट्यो अमेरिका

२७ फागुन २०७८, शुक्रबार
Share this
715shares

२७ फागुन, एजेन्सी । रूसमा बनेका पोल्याण्डका मिग–२९ युद्ध विमान युक्रेनलाई दिने प्रस्तावबाट अन्ततः अमेरिका पछि हटेको छ।

Advertisement

पोल्याण्डको सो प्रस्ताव अमेरिकाले इन्कार गरेको संचार संस्था रोयटर्सले जनाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको आग्रहमा युद्ध विमान युक्रेन पठाउने विषयमा अमेरिकाले केहि समयदेखि पहल गरिरहेको थियो।

Advertisement

पहिलेको वार्सा संगठनको सदस्य र अहिले नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रहेका रूसका युद्ध विमान युक्रेनलाई पठाउने सम्बन्धमा अमेरिकाले केहि समयदेखि पोलिस सरकारसँग कुरा गरिरहेको थियो।

गत साता आफ्नो पूर्वी युरोपियन राष्ट्रहरुको भ्रमणताका अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले त्यसको चाँजो मिलाउने प्रयास गरेका थिए।

Advertisement

पोल्याण्डमा आफ्ना मिग–२९ युद्ध विमान युक्रेनलाई दिएको खण्डमा त्यसको सोधभर्नामा अमेरिकाले आफ्ना अत्याधुनिक एफ–१६ युद्ध विमान पोल्याण्डलाई दिनेबारे छलफल जारी रहेको थियो।

युक्रेनी पाइलटहरुले मिग–२९ विमान सजिलै र विनाप्रशिक्षण उडाउन सक्ने भएकाले युक्रेनले रुससँग युद्ध लड्न ती विमानहरुको माग गरेको थियो। पोल्याण्डका ती विमान कसरी युक्रेन पठाउने भन्ने बारेमा चुनौती थियो।

पोल्याण्डले सिधै आफ्नो मुलुकबाट विमान पठाउँदा रसियाले युक्रेनी युद्धमा संलग्न भएको आरोप लगाउन सक्थ्यो । त्यसले अन्ततः आफूलाई पनि युद्धमा तान्ला वा रुसले आफूमाथि आक्रमण गर्ला भन्ने चिन्ता पोल्याण्डलाई थियो ।

नेटोको सदस्य राष्ट्र पोल्याण्डसँग रूसको लामो सीमा जोडिन्छ । अन्ततः पोल्याण्डले आफ्ना २८ वटा मिग–२९ विमान जर्मनीमा रहेको सैन्य अखडामा पठाउने र अमेरिकाले ती विमान युक्रेनलाई दिनुपर्ने प्रस्ताव ग¥यो ।

पोल्याण्डको सो प्रस्तावलाई अमेरिकाले तुरुन्तै अस्वीकार गरेको छ । आफ्नो सैन्य अखडाबाट युद्ध विमान युक्रेन पठाउने कुराले रूस–युक्रेन युद्धमा आफ्नो प्रत्यक्ष संलग्नता देखिने अमेरिकाको चिन्ता छ । त्यसले रुससँगको द्वन्दमा अमेरिका र नेटो सदस्य राष्ट्रहरु प्रत्यक्ष रुपमा तानिन सक्ने जोखिम मोल्न अमेरिकाले चाहेको छैन ।

अघिल्लो हप्ता मोल्डोभामा बोल्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले आफूहरुले युक्रेनलाई सघाउन चाहे पनि अमेरिका रुससँग सिधै लडाईमा नफसोस् र यो युद्ध युरोपमा विस्तार नहोस् भन्नेमा अमेरिका सचेत रहेको बताएका थिए ।

न्यु योर्करका अनुसार ब्लिन्केनले बुधबार बेलायती विदेशमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भने, ‘हाम्रो उद्देश्य युद्धको अन्त्य गर्नु हो। नेटो सदस्य मुलुकहरुमा युद्ध विस्तार होस् भन्ने हैन।’

रुस–युक्रेन युद्ध लम्बिदै जाँदा यसमा आफूहरु तानिदै जान सक्नेमा अमेरिका पछिल्ला दिनहरुमा चिन्तित देखिन थालेको छ ।

युक्रेनमा रुस सफल नहोस् भनेर हतियारदेखि महत्वपूर्ण युद्ध सूचनासम्म दिएर युक्रेनी सरकारलाई सहयोग गरिरहेको अमेरिका पछिल्ला दिनहरुमा युद्धको सम्भावित विस्तारलाई लिएर चिन्तित बनेको छ ।

दुई सातादेखि युक्रेनमा युद्ध जारी छ । रुसविरूद्ध अमेरिकासहित युरोपका प्रमुख राष्ट्रहरुले कडा आर्थिक नाकाबन्दी लगाएका छन् ।

सो नाकाबन्दीलाई पनि रुसविरूद्धको युद्धका रुपमा लिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

रुस–युक्रनबीच पछिल्लो दुई सातादेखि युद्ध जारी छ। दुवैतर्फ ठूलो संख्यामा सेनाको मृत्यु भएको र आम नागरिकको पनि ज्यान गएको समाचार संस्थाहरुले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top