×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

विश्वमा कार्वन उत्सर्जन हालसम्मकै उच्च अर्थात ६ प्रतिशतले वृद्धि

२७ फाल्गुन २०७८

२७ फागुन, एजेन्सी । विश्व ऊर्जा एजेन्सी (आईईए)का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाटन) कार्वन डाइअक्साइडको उत्सर्जन भएको छ ।

एजेन्सीका अनुसार सन् २०२० मा भन्दा गत वर्ष विश्वमा कार्वन उत्सर्जनमा ६ प्रतिशतले वृद्धि भएको यो ।

Advertisement
Advertisement

कार्वन उत्सर्जनको यो परिमाण अहिलेसम्मकै उच्च हो । सन् २०२१ मा विश्व कार्वन उत्सर्जन सन् २०२० को भन्दा दुई अर्ब मेट्रिक टनले वृद्धि भएको छ ।

कोभिड–१९ महामारीबाट विश्व अर्थतन्त्र सशक्त रुपमा बाहिर निस्किँदै गरेको र आर्थिक वृद्धिका लागि आवश्यक ऊर्जाको उत्पादनका लागि कोइलाको दहन अत्यधिक भएको हुँदा कार्वन उत्सजर्नले नयाँ कीर्तिमान कायम गरेको एजेन्सीको भनाइ छ ।

कूल कार्वन उत्सर्जनमध्ये ४० प्रतिशत अर्थात् १५ अर्ब ३० करोड टन कोइलाको खपतबाटै निस्किएको छ । त्यस्तै ७ अर्ब ५० करोड टन प्राकृतिक ग्यासबाट र १० अर्ब ७० करोड टन पेट्रोलियम पदार्थको दहनबाट निस्किएको छ ।

सन् २०२१ मा ऊर्जाको माग पूरा गर्न तथा प्रतिकूल मौसम र ऊर्जा बजारको स्थितिलाई मध्यनजर गर्दै कोइलाको माग बढ्यो ।

त्यस्तै कोइलाको माग बढ्नुमा प्राकृतिक ग्याँसको मूल्यवृद्धि हुनुपनि कारण रहेको छ । नविकरणीय उर्जाको साटो कोइलाको खपतमा वृद्धि हुँदा वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा पनि बढेको छ ।

एजेन्सीका अनुसार विश्वस्तरमा कार्वन डाइअक्साइडको उत्सर्जनको मामिलामा चीन सबैभन्दा अगाडि छ ।

सन् २०१९ देखि २०२१ सम्ममा चीनको कार्वन उत्सर्जनमा ७५ करोड मेट्रिक टन वृद्धि भएको छ । सन् २०२० र २०२१ मा आर्थिक वृद्धि हासिल गर्ने चीन एक्लो मुलुकको रुपमा रह्यो ।

Advertisement
Advertisement

विश्वको कार्वन उत्सर्जनमा चीनको हिस्सा ३३ प्रतिशत रहेको छ । चीनले सन् २०२१ मा ११ अर्ब ९० करोड टन कार्वन उत्सर्जन गरेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top