×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षण दिने

२७ फाल्गुन २०७८

२७ फागुन, काठमाडौँ । सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ ।

पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत्को नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रशिक्षण दिन लागेको हो ।

Advertisement
Advertisement

समितिले छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको जनाएको छ । लाइसेन्सको व्यवस्था गर्नुपूर्व इच्छुकहरुलाई प्रशिक्षित गरेर योग्य बनाउन सकियोस् भनेर तालिमको व्यवस्था गरेको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार यो तालिममा सबै जाति, लिंग र सम्प्रदायका मान्छेले सहभागिता जनाउन सक्छन् । तालिम चैत १५ गतेदेखि नारायणहिटी दरबार परिसरमा रहेको विकास समितिको कार्यालयमा सञ्चालन हुने सदस्य सचिव ढुंगेलले जानकारी दिए ।

६ महिनासम्म चल्ने छ तालिम हरेक दिन अपराह्न ४ बजेदेखि २ घण्टासम्म चल्ने छ । सहभागिताको लागि ६ महिनाको १५ हजार शुल्क तोकिएको छ । इच्छुक व्यक्तिले समितिको कार्यालयमा सम्पर्क गर्न सक्ने जानकारी ढुंगेलले दिए ।

यो प्रशिक्षण कार्यक्रम भएकाले सहभागीहरुको न्युनतम योग्यता नतोकिएको ढुंगेल बताउँछन् । सामान्यतया संस्कृत शब्द उच्चाहरण गर्न सक्ने जोकोही पनि तालिममा सहभागी हुन पाउने समितिले जनाएको छ ।

Advertisement

तालिम सम्पन्न भएपछि सहभागीलाई प्रमाणपत्रको व्यवस्था गरिएको छ । त्यसले पछि लाइसेन्स प्राप्त गर्न नि सहज हुने समितिका अधिकारीहरु बताउँछन् ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top