सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन आजदेखि बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि नयाँ आवेदन आजदेखि बन्द

१ चैत, काठमाडौँ । सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ ।

यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।

लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ ।

कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.