सुनको भाउ आज तोलामा १८ सय रुपैयाँले घट्यो

Share this
751shares

१ चैत, काठमाडौँ । सुनको भाउ आज एकैदिन १८ सय रुपैयाँले घटेको छ।

Advertisement

आज तोलामा सुनको भाउ १८ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि गएको बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ।

Advertisement

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top