युक्रेनको किएभमा शक्तिशाली विस्फोट, आवासीय भवनमा आगलागी

Share this
760shares

१ चैत, एजेन्सी । युक्रेनको राजधानी किएभमा आज बिहान शक्तिशाली विस्फोट भएको छ ।

Advertisement

किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको खबरमा उल्लेख छ।

विस्फोटका कारण एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचार संस्था युक्रेन फोर्मले जनाएको छ।

Advertisement

विस्फोटपछि धुवाँको मुस्लो उडेको देखिएको छ । थप विवरण आउन सकेको छैन ।

वार्ताकैबीच पनि रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । तर युक्रेनले प्रभावकारी रूपमा हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेका कारण रुसी सेना त्यति धेरै अघि बढ्न नसकेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top