×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हाम्रो खिसिट्युरी गर्नेहरु रावण, होलिका जस्तै नास हुनेछन्ः माधव नेपाल

३ चैत्र २०७८

३ चैत, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् ।

होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताए ।

Advertisement
Advertisement

एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिनसक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्ने छ भन्ने विश्वास गर्दै गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पुगौं । जनपरिचालन गर्ने काममा लागिपरौं । यो पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने छ ।’

राष्ट्रियसभाका दुईवटै चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी गरे । अध्यक्ष नेपालले भने, ‘हाम्रो खिसिट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुने छ । घमण्डको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरुको नास हुनेछ ।’

Advertisement

कार्यक्रममा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कविताको शैलीमा पार्टीको चुनाव चिह्नको प्रचार गर्न भ्याए । उनले भने– ‘छातीभित्र मुटु बस्छ, छातिबाहिर कलम, सबको जिन्दगीको लागि यही हो ठूलो मल्हम ।’

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top