×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्डले भने कांग्रेससँग नभए एमालेसँग तालमेल

३ चैत्र २०७८

३ चैत, विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुको आफ्नो निर्वाचन अभियानलाई तीव्रता दिएका छन् । दलहरु आआफ्ना रणनीतिका साथ चुनावी मैदानमा उत्रिदा सत्तारुढ दलबीच भने चुनावी तालेमलका विषयमा अझै दुविधा देखिएको छ ।

खास गरी चुनावी तालमेलका विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच समझदारी बनेपनि नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुले तालमेलका विषयमा असन्तुष्टि जनाइरहेका छन् ।

Advertisement
Advertisement

लगातार कांग्रेस भित्रबाट तालमेलको विरोध भएपछि तालमेलका लागि अथक प्रयास गरिरहेको नेकपा माओवादी केन्द्रले कांग्रेससँग तालमेल नभए नेकपा एमालेसँग समेत तालमेल हुन सक्ने संकेत गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गर्दै प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन् ।

बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’

उनले भनेका छन् ‘कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् तर प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ छ ।

गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न उनले कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले चुनाव हुन्छ वा हुँदैन भन्ने संशयको अवस्था अझै व्याप्त रहेको पनि बताउदै यसबारेमा प्रधानमन्त्रीसँग छलफल भएको बताए ।

‘प्रधानमन्त्रीले भोट हाल्ने दिन पनि चुनाव हुन्छ कि हुँदैन भनिराख्छन्, नेपाल यस्तै हो भन्नुभयो,’ प्रचण्डले भनेका छन् । उनले चुनावमा आफ्नै संगठनलाई बलियो बनाएर जानुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top