बेलायतबाट नेपाल फर्किने भए चोरिएका तोरण र दाताको मूर्ति

४ चैत ७८, शनिबार

५ चैत्र, विराटनगर ।
नेपालबाट सन् १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई वटा मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।

Advertisement

नेपाली दूतावास लण्डनमा भएको विशेष समारोहमा बेलायत प्रहरीका तर्फबाट नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरिएको हो ।

सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाण्डौ हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाण्डौको ओमबहाल मञ्जु श्री मन्दिरबाट हराएको थियो ।

Advertisement

मूर्तिको वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका मूर्ति चाँडै नेपालको पुरातत्त्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी दिए । ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा. इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकोमा आफूलाई गर्व लागेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top