×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढ्योः पूर्वप्रधानन्यायाधीश पराजुली

६ चैत्र २०७८

६ चैत्र, काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढेको दाबी गरेका छन् ।

यो कुरा गर्दा आफूले पेन्सन छोड्नु परे पनि छोड्ने उनले बताए । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अभियानले शनिबार काठमाडौंमा आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रममा पराजुलीले सो कुरा बताएका हुन् ।

Advertisement
Advertisement

गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको संयोजकत्वमा सुरु गरिएको अभियान अन्तर्गत शनिबार राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको थियो । स्वास्थ्य उपचारको सिलसिलामा भारतमा रहेकाले कटवाल भने कार्यक्रममा सहभागी थिएनन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानन्यायाधीश पराजुली सहभागी थिए । उनले धर्मनिरपेक्षताको चर्को विरोध मात्रै गरेनन्, राजनीतिक दलका नेताहरुलाई लोभी–पापीको संज्ञासमेत दिए । धर्मनिरपेक्षताबाट हिन्दू धर्म, संस्कार र संस्कृति मासिंदै गएको भन्दै उनले त्यो नचाहिने बताए ।

कार्यक्रममा उनले भने, ‘हामी कतैकतै थिचिएका छौं, कतैकतै मिचिएका छौं । कतैकतै अनुचित लोभमा फसेका छौं, कतैकतै लोभी–पापी पनि भएका छौं । त्यसको जग संविधानको धर्मनिरपेक्षता भन्ने शब्दबाट यसलाई अरु मुखरित गरिदिएको छ ।’

उनले थपे, ‘धर्मनिरपेक्षताको कारणबाट हाम्रो संस्कार मासिएको छ, हाम्रो संस्कृति मासिएको छ । हामीले पालना गरेका हाम्रा रितिरिवाजहरु मिचिएका छन्, त्यो हामीलाई चाहिंदैन ।’

यो कुरा गर्दा सरकारबाट पाइरहेको पेन्सन पनि छोड्न परे पनि आफू तयार रहेको उनले बताए । हिन्दू धर्म पवित्र आत्माहरुको पुञ्ज भएको बताउँदै उनले भने, ‘पेन्सन छोड्दिन तयार छु तर म हिन्दू धर्म र संस्कार छोड्न सक्दिनँ ।’

अमेरिकी उपराष्ट्रपतिले पनि हिन्दू धर्मग्रन्थ छोएर शपथ ग्रहण गरेको सुनाउँदै उनले अगाडि भने, ‘संसारमा हिन्दू धर्मभन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा शुद्ध र योभन्दा असल चरित्र, संस्कार छैन । यो मेरो ग्यारेन्टी हो ।’

नेपालका उच्च तहमा रहेकाहरुले विगतमा हरिवंश पुराणलाई हातमा लिएर शपथ ग्रहण गर्ने गरेको बताउँदै उनले फेरि पनि त्यस्तै गर्नुपर्ने धारणा राखे । ‘शपथ ग्रहण गरिरहेको कुरा खेलाँची होइन, यो भन वा यो नभन भन्ने विषय होइन ।

अबदेखि हामीले आफ्नो आफ्नो धर्मको ग्रन्थ राखेर शपथ ग्रहणको कार्यक्रम हुनुपर्छ,’ उनले भने । सबैले आ–आफ्नो धर्मग्रन्थ छोएर शपथ ग्रहण गर्नसक्ने उनले बताए ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले धर्म विहीन राष्ट्र हुन नसक्ने बताउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउन सबै हिन्दूहरूले आ–आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने बताए ।

यसैगरी नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेलले नेपाल हिन्दू राष्ट्रको रुपमा रहँदा संसारभरका हिन्दूहरूको तीर्थस्थल रहने बताए ।

Advertisement

कार्यक्रम संयोजक तथा वास्तुविद् वासुदेवकृष्ण नेपालमा शासन पद्धति जुनसुकै भएपनि हिन्दू राष्ट्र कायम हुनुपर्ने उल्लेख गरे । उनले हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानलाई ६६ जिल्लासम्म पुर्याइएको जानकारी पनि गराए ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top